सिंहदरबारमा सुरु भयो सरकार र शिक्षक महासंघबीच अनौपचािरक वार्ता


सरकार र नेपाल शिक्षक महासंघबीच सिंहदरबारमा अनौपचारिक वार्ता सुरु भएको छ।

शिक्षामन्त्री विद्या भट्टराईकै उपस्थितिमा वार्ता सुरु भएको र शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी रहेका जनाइएको छ।

शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ। उनीहरुले शिक्षकहरुको माग र मुद्दा सम्बोधन भएको शिक्षा ऐनको माग गरिरहेका छन्।

यसअघि पटक–पटक वार्तामा बोलाउँदा नगएका शिक्षकहरु आज भने वार्तामा गएका हुन्। महासंघले भने यो वार्ता नभई वार्ताको तयारीका लागि छलफलमा सहभागी भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *