प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र गणतन्त्रप्रति सबै दल एक ठाउँ उभिएको बताएका छन्।
मंगलवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताको समीक्षात्मक बैठक निरन्तर राख्नेबारे एकमत भएको जानकारी गराए।
उनले भने, ‘नेपालको आधुनिक राजनीतिक इतिहासका सन्दर्भमा देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउन नेतृत्वदायी भूमिका खेल्ने पार्टी र नेताहरूको समीक्षात्मक बैठक थियो। बैठकमा संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबैबाट एउटै खालको प्रतिबद्धता व्यक्त भयो। यसलाई निरन्तरता दिनुपर्छ भन्ने भयाे। हामी सामान्य समीक्षा गरौँ भनेर गरेको हो, कसैसँग तर्सिएका छैनाैँ।’
