सल्यानमा गाडी दुर्घटना हुँदा ८ जना घाइते


सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। नेपालगञ्जबाट रुकुम पश्चिम जान थालेको भे १ ख ४१३५ नम्बरको फोर्स गाडी सल्यान बनगाड कुपिण्डे नगरपालिका–४ गर्चे नजिक कोटखोलामा मंगलबार बिहान दुर्घटना भएको हो।

घाइते हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ की ३२ वर्षीया विमला नेपाली, ३० वर्षीया मनीषा विक, २१ वर्षीया पवित्रा नेपाली, ५८ वर्षीया रूपा घर्ती, ८ वर्षीय कञ्चन विक, ६० वर्षीया मीना राई, ३२ वर्षीया निर्मला राना र सल्यान कुमाख गाउँपालिका २ की २४ वर्षीया तुल्सी राना घाइते भएको इलाका प्रहरी कार्यालय देलस्थलका इन्चार्ज हरिबहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार मीना राई, निर्मला राना र रूपा घर्ती गम्भीर घाइते भएको र उनीहरूको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको उनको भनाइ छ। अन्य घाइतेहरूको रुकुम पश्चिमस्थित चौरजहारी मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाडीचालक प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *