एसईईका लागि रजिस्ट्रेसन फाराम खुल्यो


माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम खुलेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो।

कार्यालयले आज एक सूचना जारी गर्दै मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने जनाएको छ। फाराम भर्दा ३ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने सूचनामा उल्लेख छ।

तेकिएको समयमा नबुझाए पुस १ देखि १५ सम्ममा दोब्बर दस्तुर ६ सय रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *