मुगु घटना : आराेपी सार्वजनिक, ‘रिसइबी’ का कारण ४ जनाकाे हत्या


मुगुकाे छायाँनाथ रारा नगरपालिका–६ काे मन्दु गाउँमा एकै परिवारका चार जनाकाे हत्या गरेकाे आराेपमा प्रहरीले दुई जनालाई सार्वजनिक गरेकाे छ । आज शुक्रवार पत्रकार सम्मेलन गरेर मुगु प्रहरीले उनीहरूलाई सार्वजनिक गरेकाे हाे ।

पक्राउ पर्नेमा छायाँनाथ रारा–७ पिना घर भई अहिले बाँकेकाे बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने गाेर्खराज शाही छायाँनाथ–६ मन्दुका गाेपालबहादुर बाेहाेरा रहेका छन् । हत्याको मुख्य योजनाकार गोपालले गोर्खराजलाई भेटेर मृतकसँग १०/१२ तोला सुन र नगद भएकोले लुटपाट गर्ने सल्लाह गरेका र त्यहीअनुसार घटना भएको पाइएको प्रहरीले जनाएको छ ।

गोपालले मृतकका श्रीमान् दीपक बोहरालाई कतारमा रहेको कम्पनीमा आफूलाई भिसा पठाइदिन आग्रह गरेकोमा दीपकले अस्वीकार गरेको रिसइबीका कारण परिवारको हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

यही कात्तिक ८ गते घरमै २६ वर्षकी श्रीदेवी बोहरा र उहाँका ११ वर्षीय छोरा मनोज‚ छ महिनाका छोरा रहर र सात वर्षकी छोरी अप्सराको शव भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *