चीनबाट फर्किए माधव नेपाल


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल चीनबाट गएराति स्वदेश फर्किएका छन्।

दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो। चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा प्रतिनिधिमण्डल चीनको खुनमिङ शहरमा भएको कार्यक्रममा सहभागी भएर स्वदेश फर्केको हो।

‘शेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो । भ्रमणका क्रममा चिनिया कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनिया कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको पार्टीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *