कर्णाली सरकारले मृतक सुजनका परिवारलाई दुई लाख दिने


कर्णाली प्रदेश सरकारले दैलेखको महावु गाउँपालिका-६ निवासी सुजन रावतका आफन्तलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार ललितपुरको बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहतबापत उक्त रकम दिने निर्णय गरेको मुख्यमन्त्री राजकुमार शर्माले जनाए।

‘आज बसेको बैठकले मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ’‚ मुख्यमन्त्री शर्माले भने।

यसैबीच उद्योग पर्यटन वन तथा वातावरणमन्त्री आज बिहान सुजनको शवमा श्रद्धाञ्जलि दिन सुर्खेत विमानस्थल पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *