नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकताको कुरा गरेर मात्रै नहुने स्विकारेका छन्। बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो स्विकारेका हुन्।
उनले विगतमा एकताको कुरा गर्दा मदन भण्डारी र माओवादी जनयुद्ध र अरू जनआन्दोलनका कुराको पनि धेरै चर्चा गरे पनि पर्याप्त नभएको बताए। उनले अब आफैँ बदलिने र कम्युनिष्ट विचारधारामा हिँड्ने संकल्प गर्न आवश्यक रहेको बताए। उनले एकताको कुरा गरेर पनि धेरै हुने जस्तो आफूलाई नलागेको बताए।
उनले मिल्न मन हुनेजति मिल्न सकिने र नमिल्नेहरूले पनि कार्यगत एकता र विशेष विशेष मुद्दामा एकजुट हुनुपर्ने बताए। उनले सही विचारको आधारमा समाजवादी क्रान्तितिर पार्टीलाई लैजाने भन्ने संकल्प गर्नुपर्ने आजको आवश्यकता भएको बताए।
प्रचण्डले भने, ‘एकताको कुरा भनेर पनि धेरै हुने मैले देख्या छैन। अरू कमरेडले पनि भन्नुभयो, मिल्ने जति मिलौँ ठिकै छ, नमिल्नेहरू कति मिल्न सकिने हो? त्यतिमा मोर्चा बनाएर मिलौँ। त्यो पनि सकिँदैन। खासखास इस्युमा कार्यगत एकता गरौँ।’
अध्यक्ष दाहालले आफ्ना विगतका कमी कमजोरी सच्याएर अघि बढ्न आग्रह गरे।
