कर्णाली बनाउने काम राजनीतिकर्मीकै हातमा : उपप्रधानमन्त्री खड्का


उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई समृद्ध बनाउने वा बिगार्ने जिम्मेवारी राजनीतिकर्मीकै हातमा भएको बताएका छन।

शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भए भएको ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्री खड्काले जनताको साथ लिएर सम्पूर्ण तागत प्रयोग गरेर राजनीतिकर्मीहरूबीच एकताबद्ध भएर विकासको गतिलाई अगाडि बढाउन आवश्यक रहेको बताए।

‘नेतृत्व लिने कुरा महत्वपूर्ण होइन। हाम्रा विगत जनताको माझमा छ’ उनले भने, ‘कमजोरीलाई स्वीकारेर नयाँ संकल्प र विश्वासका साथ राजनीतिक आस्था फरक फरक भए पनि प्रदेश बनाउनका लागि न्यूनतम समझदारी हुन पर्छ।’

प्राथमिकतामा कुनै तलमाथि भए पनि कर्णालीको जलस्रोत उपयोग, सडक, मैदान, विकास निर्माणमा कुनै विवाद नभएको बताए ।

‘जस्रोतको उपयोग गर्न लगानीकर्तासँग समझदारी भइरहेका छन्। लगानीकर्ताको लागि बिक्री बजारको सुनिश्चितता हुनेगरी काम भएका छन्। यसले उन्नति प्रगतिको विश्वास लिइएको छ’ उनले भने।

दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको कर्णालीमा यसका लागि सबै एकताबद्ध भएर सम्पन्न हुनुपर्ने धारणा व्यक्त गरे।

खेलकुदका अन्य सम्भावनालाई पनि उजागर गर्नुपर्ने बताए। उनले रंगशाला निर्माण हुनु संघीय सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरे।

खेलसम्बन्धी भौतिक निर्माणका लागि सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्ने बताए। खेलमैदान बनाउन स्थानीय र प्रदेश सरकारहरू लाग्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारका तर्फबाट सहयोगको प्रतिबद्धता रहेको पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *