प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पनि पाँच दलीय गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
पाँच दलीय गठबन्धनद्वारा जनकपुरको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘अहिले गठबन्धनको माहोल बनेको छ। गठबन्धन टुटाउनुपर्छ भनेर षड्यन्त्र भइरहेको छ। म झन् गठबन्धनमा बाटै प्रधानमन्त्री भएको मान्छे हुँ। पार्टीको अनुशासनमा सबै बस्नुपर्छ। गठबन्धनको विरोधमा बोल्नेलाई समेत कारबाही हुन्छ।’
उनले चितवनमा गठबन्धनको उम्मेदवार विपक्षमा बोल्ने हावा खाइसकेकाले कुनै समस्या नभएको बताए। गठबन्धनको विपक्षमा उभिएकालाई कारबाही गरेको समेत बताए।
गठबन्धनको पक्षमा चुनावी माहोल बनेकाले जनता सबै गठबन्धनकै पक्षमा उभिएको दाबी गरे।
