म जति सफल हुनुपर्ने हो, अझै हुन सकिन: प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहालले आफू सोचेजस्तो सफल हुन नसकेको बताएका छन्।

नेपाल मगर संघले आईतवार माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताए।

प्रधानमन्त्री दाहालले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको जिकिर गरे।

उनले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री दाहालले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रुपमा अघि बढाएको पनि दोहो¥याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *