फागुन २८ गते देखि चैत्र १ सम्म खजुरामा तेस्रो मेयर रनिङ शिल्ड हुने


नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

गाउँपालिकाले फागुन २८ गते देखि १ चैत्रसम्म अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको हो ।

खजुरा गाउँपालिका अध्यक्ष किश्मत कुमार कक्षपतिले बुधबार खजुरामा पत्रकार सम्मेलन गर्दै तेस्रो सस्करणको मेयर रनिङ शिल्ड प्रतियोगिता जनकल्याण मावि बद्रीपुरमा आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

प्रतियोगितामा माध्यमिक तह (कक्षा ९­ १२) र आधारभूत तह (कक्षा ६­८) गरी दुई ओटा रनिङ शिल्डका साथै आधारभूत तह (कक्षा १­५) का लागि सहायक खेल गरी ३१ वटा खेल खेलाइने छ । प्रतियोगितालाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदको छनौट खेलको रुपमा लिइएको अध्यक्ष कक्षपतिले बताए ।

खजुराका १७ मदरसा समेत ६५ विद्यालयका झन्डै १ हजार विद्यार्थीहरुको सहभागिता रहनेस पत्रकार सम्मेलनमा अध्यक्ष कक्षपतिले जानकार दिएका छन्  ।

प्रतियोगितामा माविका प्रथम, दोस्रो र तेस्रो स्थान ल्याउने विजेतालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार, आधारभूत तहका विजेतालाई १५ हजार, १० हजार र ७ हजार र आधारभूत तहका प्रथम, दोस्रो र तेस्रोलाई १० हजार ७ हजार ५ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने जनाइएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *