चालू आ.वको बजेटलाई नतिजामुखि बनाउन कार्यसम्पादन सम्झौता भएको छ। कर्णाली प्रदेश सरकारले २०८२/०८३ का लागि विनियोजित गरेकाे बजेटलाई नतिजामुखि बनाउन बिहीबार आयाेजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र मातहतका मन्त्रीहरू बिच कार्यसम्पादन सम्झौता गरीएकाे हाे।
कार्यक्रममा प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ काे क्षेत्राधिकारमा टेकेर बजेट लगायत अन्य कामकाजलाई छिटोछरितो र प्रभावकारि बनाउने उदेश्यले कर्णाली प्रदेश मुख्यमन्त्री कँडेलसँग योजना मन्त्री राजीवविक्रम शाह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेशकुमार अधिकारी र प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कार्यसम्पादन सम्झौता गरेका हुन ।

उत्त कार्यक्रममा बाेल्दै कडेलले माथिल्लो निकायलाई आफनो जिम्मेवारी र जवाफदेहितासहित मन्त्रालयका कामकारवाहीलाई थप परिणाममुखि बनाउन कार्यसम्झाैता गर्नु परेको बताएका छन।
उनले लोकतन्त्रमा केन्द्रीकृत मानसिकता हटाएर माथिल्लो तह देखि कार्यसम्पादन तह सम्म उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै सम्झौतामा उल्लेखित बिषयलाई क्यालेन्डर बनाएर आफना सचिवहरुसँग रिजल्ट आउने गरि कार्यतालिका सहितको कार्यसम्पादन सम्झौता गर्न निर्देशन दिएका छन । जनताले अनुहार हेरेर समर्थन नगर्ने हुँदा जनसमर्थन प्राप्त गर्न जनताले महशुस गर्ने गरि गुणस्तरीय र प्रभावकारी काम आवश्यक रहेको कँडेलकाे दावी छ ।
त्यस्तै भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं कर्णाली प्रदेश सरकारका प्रवक्ता विनाेद कुमार शाहले कर्णाली प्रदेश सरकारको आवधिक योजना, क्षेत्रगत नीति तथा रणनीति एवं वार्षिक नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका र बजेट वक्तव्यमा उल्लेख मन्त्रालय अन्तर्गतका वार्षिक योजना तथा कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तर अनुरुप सम्पन्न गरी बजेटमुखि नतिजा हासिल गर्न मुख्यमन्त्री र बिषयगत मन्त्रालयका मन्त्रि बिच आर्थिक वर्ष २०८२/०८३ काे लागि कार्यसम्पादन सम्झौता भएको बताएका छन ।
कर्णाली प्रदेश सुशासन ऐन २०७६ को १८ मा व्यवस्था भए बमोजिम कार्यसम्पादन सम्झौता गरिएको र मन्त्रीहरुले मातहतका सचिव र सचिवले कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता अनिवार्य रुपमा कार्यसम्पादन सम्झाैता गर्नुपर्ने प्रमुख सचिव वीरेन्द्रकुमार यादवले जानकारि दिए ।
