राजनीतिमा योगराज उपाध्याय र नूतन थपलियाको महत्त्वपूर्ण योगदान : देउवा


नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नूतन थपलियाले काँग्रेस र देश निर्माणमा दिएको योगदानबारे काँग्रेसले नेपालीमा बुझाउन सक्नुपर्ने बताएका छन्।

शुक्रवार पार्टी स्थापनाको ७८ औँ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले थपलिया र उपाध्यायले नेपालको राजनीतिमा ठूलो योगदान दिएको बताए। उनले दुवैजनाले दिएको योगदानबारे सबै नेपालीलाई बुझाउन जरुरी रहेको बताए।

उनले भने, नेपालका लागि योगराज उपाध्याय र नूतन थपलियाले धेरै ठूलो योगदान गर्नुभएको छ। उहाँहरूका बारेमा लेखेर, किताब निकालेर भए पनि सबैलाई बाँड्नुपर्छ। उहाँहरूको योगदान सबै नेपालीलाई बुझाउनुपर्छ। उहाँहरूको योगदानको जतिसुकै प्रशंसा गरे पनि कम हुन्छ। उहाँहरूलाई हामीले सधैँ सम्मान गर्नुपर्छ।’
पार्टीको ७८ औँ स्थापना दिवसको अवसरमा काँग्रेसले उपाध्याय र थपलियालाई सम्मान गरेको हो। २००३ माघ १२ मा भएको अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनमा उपाध्याय सहभागी थिए। नेपाल विद्यार्थी संघ हुनुअघि गठन भएको छात्रसंघ गठनका लागि उपाध्यायले अगुवाइ गरेका थिए।

बिपी कोइरालालाई २०१७ सालमा तत्कालीन सरकारले अपदस्थ गर्दा उपाध्याय १७ वर्ष निर्वासन गएका थिए। थपलिया नागरिक स्वतन्त्रताका लागि २००३ सालदेखि सक्रिय भएर लागेका थिए। शहीद शुक्रराज शास्त्रीसँग शिक्षा लिएका थपलिया २००७ को क्रान्तिका एक अभियानकर्ता समेत हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *