एसईई परीक्षा चैत १५ मा शुरु हुने


माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते शुरु हुने भएको छ।

एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको हो। आज (आइतवार) बसेको परीक्षा बोर्डको बैठकले एसईई सो मितिमा गर्ने निर्णय गरेको हो।

बोर्ड अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षाका बीचमा होली/फागु पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको छ। यस वर्ष चैत ११ र १२ गते होली/फागु परेको छ।

बोर्डको वार्षिक कार्यतालिकाअनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो। यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन्। तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४४० जना छात्रा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *