गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुग्यो : अध्यक्ष ओली


नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन्। बुधवार सिन्धुपाल्चोको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले एमाले सरकारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए। उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए। अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए।

एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको बताउँदै उनले गठबन्धनका दलबाट देश बनाउने कुराभन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्रै बढी सुनिएको बताए। अध्यक्ष ओलीले विकासका काममा राजनीतिक आग्रह नराख्न आग्रह गरे। योग्य मान्छेलाई सामाजिक क्षेत्रमा जिम्मेवारी दिन उनले सुझाव दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *