रेडक्रस द्धारा भूकम्प पीडितलाई आर्थिक सहयोग


सल्यान दार्माका भूकम्पपीडितलाई आर्थिक सहयोग गरिएको छ । भूकम्प प्रभावित दार्मा गाउँपालिकाका चार सय ३८ भूकम्प पीडितलाई नेपाल रेडक्रस सोसाइटी सल्यानले १५ हजारका दरले ६५ लाख ७० हजार नगद सहयोग गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी सल्यानका मन्त्री ईन्द्रकुमार शर्माले आर्थिक अवस्था नाजुक भएका, विपन्न, अपाङ्ग, एकल महिला, दिर्घरोगी, गर्भवती, सुत्केरी, वृद्धवृद्धा अभिभावकविहीन, दलित पहिचान गरेर अस्थायी टहरा निर्माण लगायत अन्य कामकाजमा सहयोग पुगोस भनेर नगद सहयोग गरेको बताए। उनका अनुसार रेडक्रसले दार्माका वडा नं १ मा ५५, २ मा ९०, ३ मा ३६, ४ मा ५८, ५ मा १ सय १९, ६ मा ८० जनालाई सहयोग गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी सल्यान शाखाले भूकम्प पीडित थप एक सय जनालाई पुन १५ हजारका दरले नगद सहयोग गर्ने र बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी पनि गरेको जनाएको छ ।

जाजरकोटको रामी डाँडालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट सल्यानको दार्मामा एक हजार १ सय ७९ घर बस्नै नमिल्ने गरी क्षति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *