विवादीत बन्यो जुमा स्पोर्टसको फुटबल प्रतियोगिता


नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बाँकेको नेपालगन्जमा तीन दिनअघि उद्घाटन गरेको जुमा फुटवल प्रतियोगिता  विवादीत बनेको छ ।

आयोजक जुमा स्पोर्टस क्लबको उदासीनता, लापरवाही र मनखुशीको कारण खेल विवादी भएको टिम तथा खेलाडीले आरोप लगाएका छन ।

आयोजक जुमा क्लबका पदाधिकारीको मनखुशी र लापरवाहीका कारण प्रतियोगिता मापदण्ड विपरित भएको हो ।
जुन प्रतियोगितामा शुरूवाती दिनदेखि नै चरम विवाद भैरहेको छ । विवादको विच दुईवटा संस्थाले प्रतियोगिता बहिस्कार गरेका छन ।

एउटा संस्थाले प्रतियोगिता मापदण्ड विपरित हुनुका साथै आयोजकको दादागिरीका कारण खेलाडीले सस्ती पाएको भन्दै रंगशालमै धर्ना दिएर विरोध गरेको छ ।

आयेजकले तय गरेको मापदण्ड अनुसार सबै खेलाडी र उसका संस्थाले विधिवत खेलाडीको नामावली र प्रक्रिया पु¥याएर खेलका लागि टीम दर्ता गरेपनि आयोजकले आफना मन नपरेका खेलाडी र टीमलाई प्रतियोगितामा सहभागी हुन प्रतिबन्ध लगाएको खेलाडीहरू बताउछँन ।

विबादका बिच जुमा कप बस्तुगत तथा पेशागत फुटबल प्रतियोगिताको तेस्रो दिनको खेल पनि समयमा हुन सकेन । आयोजकले प्रहरीनै बोलाएर बिरोधी खेलाडीलाई मैदान बाहिर पठाउनु परेको थियो ।

आयोजकले आफु खुसी नियम बनाउदाँ खेल प्रभावित भएको खेलाडी बताउँछन भने उता जुमा स्पोर्टस् क्लबका अध्यक्ष रानाभाटले बिमा गरिएको खेलाडीलाई मात्र सहभागी गराउने गरि खेल गरिएको बताए ।

प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको छ । चैत्र २ गतेसम्म संचालन हुने बताइएको छ ।

प्रतियोगिताको बिजेता टीमले १ लाख १ हजार ५ सय रुपैया प्राप्त गर्नेछ । उपबिजेताले ५१ हजार नगद पुरस्कार पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *