प्रजातान्त्रिक महिला संगठनको आयोजनामा मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न


गोपाल ओली, नेपालगन्ज : नेपालगन्ज रंगशालामा महिलामैत्री भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको आयोजनामा सम्पन्न भएको हो ।

प्रतियोगितामा महिला संगठनका नेता, कार्यकर्ता सहित नेपाल प्रहरी, नेपाली सेना, पत्रकार, घरेलु महिला सन्जाल, लगायतका महिलाहरूका १० वटा टीम सहभागी भएको  थियो ।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *