अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदलाई एमालेको निर्देशन


काठमाडौं, फागुन २८

नेकपा एमालेले प्रदेशमा आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदलाई त्यो फिर्ता लिन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको विशेष बैठकले प्रदेश सांसदलाई प्रस्ताव फिर्ता लिन निर्देशन दिएको हो ।

केन्द्रीय कमिटीको विशेष बैठकले विधान संशोधन गरि सत्तरी वर्षे उमेर हद लगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु हटाएको छ । सत्तरी वर्षे उमेर हदले पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका नेताहरु महाधिवेशनअघिनै बिदा हुनुपर्ने र त्यसले पुनःस्थापित पार्टी अघि बढ्न वैधानिक समस्या हुने भएपछि विधानमा संशोधन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनु भयो । बैठकले निर्वाचन आयोगले १५ दिनभित्र एकता गर्नका लागि दिएको समयमा भने अब पार्टी एकीकरणको सम्भावना नरहेको निष्कर्ष निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *