खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बहुक्षेत्रीय वृहत पोषण योजनासम्बन्धि स्वास्थ्यकर्मीका लागि ७ दिने क्षमता अभिवृद्धि तालीम शुरु भएको छ ।
उदघटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले स्वास्थ्य क्षेत्रमा राज्यको अरबैं लगानी गरेकोले सबै नागरिकले सुलभ सेवा पाउनु पर्ने । उनले खजुरा राष्ट्रिय लक्ष्यमा पुग्न तालिम प्रभावकारी हुने पौडेल : रणनीतिक रूपमा अगाडि बढनु पर्ने खोप जस्तै पोषण बढाउनु पर्ने ।
खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खनाल खजुरा पोषण कार्यक्रम उपलब्धि हासिल गर्ने हिसाबले अगाडि बढने बताए । उनले पोषणका लागि ब्यवहार परिवर्तन गरिनु पर्नेमा जोड दिए । तालीममा स्वास्थ्य शाखा प्रमुख सुदीप पौडेल, उपप्रमुख टिकामाया गुरुङ र वडा नं. १ का स्वास्थ्य प्रमुख दीपक ढकालले सहजीकरण र प्रशिक्षण दिनेछन् ।
पोषणसम्बन्धि वृहत विषयबस्तुको एकीकृत प्याकेजसम्बन्धि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्ने, पोषण सम्बन्धि व्यबहारमा परिवर्तन गरि ज्ञान सीपको धारणामा सकारात्मक परिवर्तन ल्याउने उदेश्यले तालिमको आयोजना गरिएको स्वास्थ्य शाखाका सुशील थापाले जानकारी दिए ।
