काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाले बढेको छ । यसअघि दशैंअघि असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १२ सय २५ रुपैयामा कारोबार भइरहेको छ ।
