वीरेन्द्रनगरमा कारको ठक्करबाट घाइते शाहीको उपचारका क्रममा मृत्यु


वीरेन्द्रनगरमा कारको ठक्करबाट घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाही रहेका छन्।

बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले शाहीलाई ठक्कर दिएको थियो । शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका थिए । उनलाई उपचारका लागी प्रदेश अस्पताल लगिएको थियो । शाहीको बुधबार राति प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने सवारी साधन हालसम्म फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *