नेपालगन्ज : नेपालगन्जमा बेवारिसे शव फेला परेको छ। नेपालगंज उप-महानगरपालिका वडा नम्बर १० स्थित जिल्ला प्रशासन कार्यालय बाँके अगाडी सडक पेटिमा बुधबार दिउँसो एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृत भेटिएका पुरुष मुश्लिम समुदायको हुन सक्ने र अन्दाजी उमेर ६० वर्षको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
हाल उक्त शवको मुचुल्का कार्य पुरा भई सनाखतको लागि भेरी अस्पताल नेपालगंजको शव गृहमा राखिएको बताइएको छ।
