प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य तथा सांसदहरुका लागि आयोजना गरेको चियापान समारोह सुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको चियापानमा संस्थापन पक्षका सबैजसो केन्द्रीय सदस्य र सांसदहरु पुगेका छन् । नेता माधवकुमार नेपालले चियापानमा नजान उर्दि जारी गरेपनि सो समुहमा खुलेका केही सांसदहरु उपस्थित हुने क्रम शुरु भएको एक नेताले जानकारी दिनुभयो ।
उहाहरुका अनुसार पार्टी एकताबद्ध भएर जानुपर्छ भन्ने सांसदहरु उपस्थित हुन थाल्नु भएको र यो क्रम अझै बढ्ने बताइएको छ । ‘पार्टी एकता कायम हुनुपर्छ भन्ने केही सांसदहरु आउनुभएको छ, जो हिजोसम्मै माधव नेपालसँगै हुनुहुन्थ्यो’, ति नेताले भन्नुभयो ।
