प्रधानमन्त्रीले २८ असारमा विश्वासको मत माग्ने


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २८ असार शुक्रबारका दिन प्रतिनिधिसभामा विश्वासको मत माग्‍ने भएका छन्। प्रधानमन्त्रीले संघीय संसद सचिवालयमा पत्राचार गर्दै असार २८ गते प्रतिनिधिसभा बैठकबाट विश्वासको मत दिने जानकारी सचिवालयमा पठाएका हुन्।

पत्रमा उक्त दिनको कार्यसूचीमा विश्वासको मतको प्रस्ताव समावेश गर्ने व्यवस्थाका लागि अनुरोध गरिएको छ।

कांग्रेस एमालेबीच नयाँ गठबन्धनको सहमति बनेपछि एमालेले सरकारमाथिको समर्थन फिर्ता लिएको हुनाले प्रधानमन्त्री दाहालले संवैधानिक व्‍यवस्थाअनुसार एकमहिना भित्रमा संसदबाट विश्वासको मत लिन लागेका हुन्। सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा संविधानको धारा १०० को उपधारा २ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *