नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्ने दावी गरेका छन्।
प्रतनिधिसभाको बैठकमा सोमवार बोल्दै उनले यस्तो दावी गरेका हुन्।
उनले गठबन्धनमा रहेर थुप्रै अफ्ठ्याराहरूका बीचमा राष्ट्रिय र अन्तरराष्ट्रियरुपमा कयौँ मानक बनाउन सकेको बताए।
उनले आफू सोही दिशाका लागि आत्मलोचनासहित अघि बढेको बताए। उनले गणतन्त्रमाथि राजावादी मात्र नभइ सरकारको कार्यशैलीबाट नै खतरा रहेको बतए।
