लगानी सहजीकरण विधेयक राष्ट्रपतिले गरे प्रमाणीकरण


राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन सोमबार बसेको प्रतिनिधि सभाले स्वीकृत गरेको थियो। ​प्रतिनिधिसभाबाट स्वीकृत भएलगत्तै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *