दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु


दैलेखमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महावु गाउँपालिका–३, बाँसीका १५ वर्षीय सपना बुढा र १३ वर्षीय भावना बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी दीपक मगराठीका अनुसार गोठाला गएका उनीहरू छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेका हुन् ।

दुवै जना किशोरी जनमालिका माध्यमिक विद्यालय बाँसीमा कक्षा ९ मा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *