माओवादी केन्द्रको पदाधिकारी बैठक सर्‍यो


नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो १ बजे बस्नेगरी सरेको छ। यसअघि बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो।

सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको संयन्त्रको बैठक भएकाले पदाधिकारी बैठक सरेको पार्टीका मुख्यसचिव श्रीराम ढकालले बताए।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थितिलगायत विषयमा छलफल हुने उनले जानकारी दिए। पार्टीका आन्तरिक गतिविधि र आगामी रणनीतिका बारेमा छलफल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *