गृहमन्त्री रमेश लेखकले सरकार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक छिटो पारित गर्न चाहेको बताएका छन्।
बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धीको छलफल जीवन्त, सान्दर्भिक, विषयवस्तु केन्द्रित र महत्वपूर्ण रहेको पनि बताए। उनले सरकार सोसम्बन्धी विधेयकमा गम्भीर रहेको उल्लेख गरे।
अहिलेको विधेयकको विषयवस्तु, भ्रष्टाचारका बारेमा सरकारको शुन्य सहनशिलता, भ्रष्टाचार नियन्त्रण गर्नका निमित्त सरकारले आफ्ना सम्पूर्ण शक्तिहरु लगाउने बताए।
