विपद्‍मा मृत्यु हुनेको संख्या २०९ जना पुगे, प्रभावित ७१३ जनाको हवाई उद्धार


गृह मन्त्रालयले यही असोज १० गतेदेखि १२ गतेसम्म देशमा परेको भारी वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या २०९ जना पुगेका जनाएको छ।

मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले २०९ जनाको मृत्यु, २९ जना बेपत्ता र १४२ जना घाइते भएको जानकारी दिए। खोज तथा उद्धार जारी रहेको र आजसम्म ७१३ जनाको हवाई उद्धार भएको पनि मन्त्रालयले जनाएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुरलगायतका स्थानबाट घाइते, विरामी तथा अलपत्र परेकाको उद्धार गरिएको उनले बताए।

उनका अनुसार राहत वितरण एकद्वार प्रणालीबाट गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *