बाढीपहिरोले यत्रो क्षति गर्ला भन्ने पूर्वानुमान नै भएन : ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटकको मनसुनले यति धेरै क्षति पुर्‍याउँछ भन्ने आँकलन नै गर्न नसकिएको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले क्षतिको पूर्वानुमान नै गर्न नसकिएको बताए।

‘यो अचानक आइपर्‍यो। हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन। यस प्रकारको पानी पर्ला, यस्तो पहिरो जाला र क्षति होला भन्ने अनुमान थिएन।’ ओलीले भने, ‘प्राकृतिक विपत्तिका लागि पूर्वतयारी सधैं हुने खालको लागि थियो। यो अलि ठूलै विपत्ति आइलाग्यो।’

​उनले एकैपटक धेरैतिर क्षति पुगेकाले प्राथमकिताक्रम निर्धारण गर्न खोज्दा कतै उद्धारमा ढिलाई भए पनि जानीजानी लापरबाही नगरिएको बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *