काठमाडौं – लमजुङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
बिहिबार बिहान मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको जिप भुस्मे नजिकै कालिमाटीमा दुर्घटना भएको हो ।
गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको हो ।
उक्त दुर्घटनामा ज्यान गुमाउनेमा शिक्षक र विद्यार्थी रहेका छन् ।घाइते भएका ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लगेका छन् ।
