एमाले प्रवेश गर्दै करिश्माले भनिन्- ‘जिम्मेवारी पाए पछि हट्दिनँ’


काठमाडाैँ । अभिनेत्री करिश्मा मानन्धरले आफू कुनै पदको सौदाबाजी भएर एमाले प्रवेश नगरेको स्पष्ट पारेकी छन् । मंगलबार एमाले प्रवेश गरेपछि उने यस्ताे बताइन् । ‘म कुनै पदकाे साैदाबाजी भएर एमालेमा आएकाे हाेइन । म नितान्त: कार्यकर्ता बन्न आएकी हुँ ।’

आफू एमाले प्रवेश गर्दा वर्षाैँदेखि पार्टीमै रहेकाहरूले डराउनुनपर्ने करिश्माले बताइन् । उनले आफू एमालेको अध्यक्ष केपी शर्मा ओलीबाट प्रभावित भएर एमालेमा आएको बताइन् । ‘उहाँकाे कुरा सुनेर अघाउँदिनँ,’ करिश्माले भनिन्- ‘जिम्मेवारी पाए भने पछि हट्दिनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *