काठमाडौँ प्रहरीले रविसहित ४४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझायो


काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीमा रविसहित ४४ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान पूरा गरी आज बिहीवार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको हो।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले थाहाखबरसँग कुरा गर्दै भने, ‘हामीले आज प्रतिवेदन बुझाएका छौँ, ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएका छौँ।’ प्रतिवेदनमा १ अर्ब १९ करोड बिगो कायम गर्नुपर्ने उल्लेख छ। स्वर्णलक्ष्मी ठगी प्रकरणमा ४४ जनामाथि नै पक्राउ पुर्जी जारी भएको थियो। जिबी राईकै नेतृत्वमा यहाँ पनि करोडौँ रकम ठगी भएको प्रहरीको निष्कर्ष छ।

उक्त प्रतिवेदन अध्ययन गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा अभियोगपत्र दर्ता गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *