प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय


प्रेस चौतारी बाँकेको अध्यक्षमा दुर्गा रोकाय चयन हुनुभएको छ । नेपालगञ्जमा बुधबार सम्पन्न प्रेस चौतारी बाँकेको ९ औं जिल्ला सम्मेलनले पत्रकार रोकायको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा विनोद भट्टराई, उपाध्यक्ष महिलामा रेजिना मल्ल, सचिवमा कमल डांगी, सहसचिवमा देवेन्द्रराज पौडेल, सहसचिव भगत राम थारु र कोषाध्यक्षमा जियाउल मुस्तफा कादरी निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा जयपति ढकाल, रबिन्द्रसिंह ठकुरी, दिपेश आचार्य, यदुराज मिश्र, स्मृति देवकोटा, सोम गुरुङ, कृष्ण जिसी, गोपाल ओली, सपना परियार, अजमत अली, सर्जन आरसी, कृष्ण चौधरी, धना केसी, पृति पटेल, मनोज कौसल, रमेशचन्द्र कुम्हाल, मोहम्मद मोहसिन, विजय परियार, जागेश्वर थारु र विजय परियार निर्वाचित हुनुभएको छ ।

यसैगरी लक्ष्मी चौधरी, दिनेश ठाकुर, प्रज्जवल श्रेष्ठ, पवित्रा परियार, खगेन्द्र दाहाल, खम्ब पुनलाई प्रेस चौतारीको लुम्विनी प्रदेश कमिटी सदस्यमा मनोनित गरिएको छ । चौधरी बुधबार नेपाल प्रेस यूनियन परित्याग गरेर प्रेस चौतारीमा प्रवेश गर्नुभएको हो ।

यसअघि नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनमा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चर्ज सविना प्रियासन,नेकपा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुन, दिपा शर्मा, शान्ति ढकाल, पशुपतिदयाल मिश्रा, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपति, उपाध्यक्ष डिल्ली बिसी, उपसचिव दिपक वर्मा लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

यसैगरी पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, प्रेस यूनियनका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल, प्रगतिशिल पत्रकार संघका केन्द्रीय सचिव तिलक गाउँलेले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *