निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब कांग्रेस रहँदैन : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन अगाडि गठबन्धनको गर्ने व्यक्ति कांग्रेस नरहने बताएका छन्।

सोमवार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले ८४ सम्म राम्रोकाम गरेर जनतामाझ जान सक्नुपर्ने बताए। उनले ०८४ को चुनावमा अगाडि आएर अब नेपाली कांग्रेसको देशभरको निर्वाचन क्षेत्रमा कसैले पनि अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्नेकुराको आँट गर्न नसक्ने पनि बताए। त्यसो गरेको खण्डमा कांग्रेस नरहने उनको चेतावनी छ।

निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारले पाएको मतलाई नै समानुपातिक मत मान्नेबारेमा छलफल अगाडि बढाइरहेको बताए। त्यस्तो हुनसके निर्वाचनअगाडि गठबन्धन गर्ने आँट कसैले नगर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *