भारतको कुम्भ मेला जाँदै गरेका ३६ जना घाइते, ५ जनाको अवस्था गम्भीर


सुर्खेतको बबईमा भएको बस दुर्घटनामा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

घाइते सबैलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाइएको पनि उनले बताए । आइतबार बेलुका ५ः२० बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–५, को बबई स्थित सानो खोलामा भे १ ख ४३३१ नम्बरको बस दुर्घटनामा परेको थियो । भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी कुम्भ मेलामा जाँदै गरेको उक्त बसमा ४१ जना सवार थिए । बस पुलबाट तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *