प्रेस चौतारी कर्णाली अध्यक्षमा सिम्खडा, महासचिवमा शाही निर्वाचित


प्रेस चौतारी नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रेमराज सिम्खडा निर्वाचित भएका छन् । समितिको दोस्रो अभिवेशनले सिम्खडाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष खुलामा हिक्मत नेपाली (दैलेख), उपाध्यक्ष महिलामा सीता वली (सुर्खेत), महासचिवमा ओम शाही (सुर्खेत) र कोषाध्यक्षमा गीता थापा (सुर्खेत) निर्वाचित भएका छन् ।

सचिवमा जगतदल जनाला विक (सुर्खेत), नौरते नेपाली (जुम्ला), कमल बुढा (डोल्पा), झक्कुप्रसाद शर्मा (सल्यान), कालिबहादुर बुढा (जाजरकोट) र सुरेश परियार (हुम्ला) निर्वाचित भएका छन् ।

सदस्यहरुमा गुट्टु न्यौपाने, खगेन्द्र शाही, रमिला बस्नेत, पदमराज हमाल, विनोद कँडेल, देविसरा बस्नेत, यसकुमार चपाई, सरोज थापा, जयराम चौलागाई, भगेन्द्र विक, छत्र रोकामगर, गोकर्ण सञ्जाल, विष्णुकुमारी जैसी, कमलप्रसाद भट्टराई, ललित परियार, जगत बावु अधिकारी, करिण अधिकारी, तिलक रिजाल, नोखिराम थापा र भगवती उपाध्याय रहेका छन् ।

अधिवेशनमा प्रेस चौतरी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, महासचिव हिरामान लामा, वरिष्ठ नेता विश्वमणि सुवेदी, कर्णाली इन्चार्ज विष्णु शर्मा लगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *