एमाले विभाजित गर्न सभामुख पार्टी कार्यकर्ता बने : विष्णु पौडेल


काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विभाजित गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले नांगो ढंगले पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाएका छन्। 

एमाले निकट राष्ट्रिय वाणिज्य महासंघको कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘यो संसद्‌बाट अब मुलुकले कुनै राम्रो अपेक्षा गर्न सक्दैन। सत्ता पक्ष र सभामुखले संसद्‌मा नौटंकी देखाइरहेका छन्। एमाले विभाजन गर्न सभामुखले पदीय मर्यादा भुलेर नांगो ढंगले पदीय हैसियतको दुरुपयोग गरे।’

पछिल्लो समय न्यायपालिका, कार्यपालिकाप्रति सत्ता गठबन्धनकै कारणले जनविश्वास गुम्दै गएको आरोप लगाए। कोही व्यक्ति सभामुख भइसकेपछि दलको सदस्यता त्याग गरेर स्वतन्त्र, निष्पक्ष हुनुपर्ने उल्लेख गर्दै सभामुख सापकोटाले दल विशेषको कार्यकर्ताको हैसियतले काम गरेको जिकिर गरे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *