युवालाई नेपालमै अवसर छ : उपप्रधानमन्त्री सिंह


उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमै अवसर छ भन्ने हिसावले युवा पुस्ताहरु अघि बढ्न जरुरी रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले अहिले नेपालमा केही पनि छैन भन्ने नकारात्मक भाष्यका कारण युवाहरु विदेश पलायन भइरहेको बताए। उनले नेपालमा शिक्षा, स्वास्थ्य र अवसर सिर्जना गर्न सरकारले काम गरिरहेकाले युवाले साथ दिनुपर्ने बताए।

उनले अवसरसँगै नेपालमा स्वतन्त्रता पनि रहेको बताए। उनले कुनै पनि शिक्षा ग्रहण गर्न र रोजगारी गर्नका लागि नेपालमा स्वतन्त्रता रहेको महशुस गरेर देश विकासमा लाग्न आग्रह गरे।

उपप्रधानमन्त्री सिंहले भने, ‘धेरै कुरा गर्नु भन्दा पनि खास गरेर अहिलेको जेनेरेसनमा कस्तो छ भने ट्रेण्ड यो नेपालमा बसेर के हुन्छ? भन्नेकुरा छ। यो नेगेटिभ म्यासेजको कुराले भइरहेको हो। हामी पढ्दा र अहिले अपच्र्युनिटीज छ। फ्रिडम छ। अघि बढ्न एजुकेशन, अर्ट एण्ड कल्चर, बिजनेस गर्न अवसर छ। यसमा तपाईंहरु ध्यान दिएर नेपालमै गुणस्तरीय शिक्षा पाइन्छ र नेपालमै वातावरण बन्छ भन्ने हिसावले लाग्नुस्।’

उपप्रधानमन्त्री सिंहले कुनै पनि देशहरु हजारौँ वर्षको मेहनत र परिश्रमबाट नै विकासित हुने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *