तत्काल भारत भ्रमणमा नजाने भए सभापति देउवा


कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमणको कार्यक्रम अन्तिम चरणमा आएर रोकिएको छ। आज बिहीबार भारत जाने कार्यक्रम तय भएकोमा तत्कालका लागि भ्रमण कार्यक्रम स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले थाहा संचारलाई जानकारी दिए।

उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका बताइएको थियो। इन्डिया फाउन्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *