राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्र र संविधानप्रति प्रतिबद्धता जनाएको छ। राजावादी र गणतन्त्र पक्षधरबीच आरोप–प्रत्यारोप चलिरहँदा रास्वपाले आफ्नो पक्षधरता स्पष्ट पारेको हो।
मंगलवारको प्रतिनिधिसभाको विशेष समयमा रास्वपा सांसद शिव नेपालीले रास्वपा लोकतन्त्र र संविधानले व्यवस्था गरेको नागरिकको अधिकार सुनिश्चितताका लागि आफूहरू लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध रहेको बताएका हुन्।
उनले भने, ‘लोकतन्त्र, समावेशिता र संविधानले व्यवस्था गरेको नागरिकको अधिकार सुनिश्चितताका लागि रास्वपा प्रतिबद्ध छ।’ तर सरकार भने सुशासनप्रति प्रतिबद्ध नभएको भन्दै उनले प्रश्न गरे।
उनको प्रश्न छ, ‘सत्ता सुशासनप्रति प्रतपबद्ध हुनु पर्दैन? कहिले रवि, कहिले बालेन र कहिले कुलमानलाई लखेट्ने आफ्नालाई बचाउने, खुलमखुला मान्छे कुट्ने, विश्वविद्यालय तोडफोड गर्ने यही हो दुईतिहाइको गठबन्धन?’
