त्याग तपस्या नगरेका ज्ञानेन्द्रको हातमा देश दिन सकिँदैन : माधव नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्न जरुरी रहेको बताएका छन्। शनिवार ललितपुरमा समाजावदी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले अहिले पुँजीवादी व्यवस्था बदल्नुपर्ने बताए।

उनले सामन्तवादी व्यवस्थामा जाने कुरा सह्य नहुने बताए। दलाल पुँजीवादको वर्चश्व रहेको व्यवस्था परिवर्तन गरेर समाजवादी गणतन्त्रमा जानुपर्ने बताए। त्यसका लागि आफ्नो पार्टीले नेपाली विशेषताको समाजवादको नयाँ अवधारणा अघि सारेको उनले उल्लेख गरे। अध्यक्ष नेपालले व्यवस्था बदल्न चाहनेहरु प्रतिगमनतिर नभएर अग्रगमनतिर आउनुपर्ने बताए। उनले वंशको कुरा छोड्न सबैलाई आग्रह गरे।

पूर्वराजा ज्ञानेन्द्र शाहले कुनै त्याग, तपस्या, बलिदान नगरेको बरु देशलाई लुट्ने काम गरेको आरोप लगाए।​ पूर्वराजा शाहप्रति आरोप लगाउँदै उनले लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्न नहुने बताए। देशको इज्जत, प्रतिष्ठा र मर्यादालाई माथि उठाउन अब नयाँ समाजवादी व्यवस्था जरुरी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *