राजालाई पक्राउ गरेर देखाउन सरकारलाई लिङदेनको चुनौती


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ।

शनिवार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन्। उनले आफूले चुनाव जित्ने बहानाले मात्रै राजाको नाम नलिएको भन्दै राजसंस्था देशको आवश्यकता भएको बताउनुभयो ।

उहाँले तीनकुनेको घटनाका बारेमा पूर्वराजाको नाम जोडिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसबारेमा आफ्नो कुनै टिप्पणी नभएको बताए। राजालाई कुनै पनि विवादमा तान्न नहुने उहाँको भनाइ छ।

लिङदेनले भन्नुभयो, ‘हामीले कुनै व्यक्तिगत फाइदाका लागि राजसंस्था चाहिन्छ भनेको होइन। त्यसकारण मलाई कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्पष्ट छु। राजालाई पक्राउ गरेर देखाउनु अनि शक्ति हामी देखाउँछौँ।’

अध्यक्ष लिङदेनले तीनकुनेमा भएको प्रदर्शनमा सरकारले हिंसा भड्काएको आरोप लगाउनुभयो। उहाँले हिंसा भड्काएको आरोपमा सरकारले पक्राउ गरेको नेता रवीन्द्र मिश्र, डा. धवल समशेर राणा र अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहा नगरे पार्टीले देशभर विरोधका कार्यक्रम शुरु गर्ने चेतावनी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *