पत्रकार महासंघ सुर्खेतको सुचना अधिकारीमा खड्का


पाल पत्रकार महासंघ सुर्खेतको सुचना अधिकारीकाे जिम्मेवारी सुशील खड्कालाई दिइएकाे छ । शाखाका अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले खड्कालाई सुचना अधिकारी बनाउने निर्णय गरेको हो ।

पत्रकार महासंघ केन्द्रको सर्कुलर अनुसार खड्कालाई सुचना अधिकारी तोकिएको नेपाल पत्रकार महासंघकाे निर्णयमा उल्लेख छ। महासंघका हरेक गतिविधिलाई सार्वजनिक गर्ने जिम्मवारी दिन खड्कालाई सूचना अधिकारी ताेकिएकाे अध्यक्ष शर्माले बताउनुभयो। खड्का नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्षसमेत हुनुहुन्छ ।

कार्यसमिति बैठकले चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा काठमाडौँको तीनकुनेमा भएको भवन आगलागीमा परेका मृतक पत्रकार सुरेश रजकको शोक प्रस्ताव पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *