प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्रीय तथा प्रदेश समितिका पदाधिकारीलाई सम्मान


प्रेस चौतारी नेपाल सुर्खेत शाखाले नवनिर्वाचित प्रेस चौतारी नेपालका केन्द्रीय तथा प्रदेश समितिका सदस्य तथा पदाधिकारीलाई सम्मान तथा बधाई दिएको छ ।

आज सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी प्रेस चौतारी सुर्खेतले हालै विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कर्णाली प्रदेश ईन्चार्ज यामप्रसाद शर्मा, केन्द्रीय सदस्यहरु आकाश तारा बयक, मालती केसी, शेरबहादुर थापा र विनोद लम्साललाई सम्मान तथा बधाई ज्ञापन दिएको हो ।

कार्यक्रममा प्रेस चौतारी कर्णाली प्रदेशका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई समेत सम्मान गरिएको छ । सो अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज नवराज रावतले प्रेस चौतारी नेपालका नवनिर्वाचित केन्द्र तथा प्रदेशका पदाधिकारीलाई बधाई दिँदै नागरिक केन्द्रित जागरण तथा जनचेतना अभिवृद्धि लगायतका क्षेत्रमा चौतारीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले सत्य, तथ्य सूचना तथा समाचारका माध्यमबाट नागरिकलाई सुःशिक्षित गराउन प्रेस चौतारीबाट अझै प्रभावकारी योगदानको खाँचो रहेको औल्याए । कार्यक्रममा प्रेस चौतारी नेपाल सुर्खेत शाखाका अध्यक्ष मुना हमालले मुलस्ट्रिमको पत्रकारितामा ऐतिहासिक अभिभारा बोकेको प्रेस चौतारीले श्रमजीवि पत्रकारहरुको हक, हित र अधिकारका लागि निरन्तर अधिकतम् प्रयास जारी राख्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटा, सुर्खेत जिल्ला जनसंगठन समन्वय सन्यत्र प्रमुख सुशीला विश्वकर्मा र सुर्खेत जिल्ला प्रचारप्रसार विभाग प्रमुख गंगाराम तिमिल्सेनालगायतले प्रेस चौतारीका नवनिर्वाचित केन्द्रीय तथा प्रदेश समितिका सदस्य तथा पदाधिकारीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *