तीनकुने क्षेत्रमा विरोध प्रदर्शन, धर्ना, सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन


काठमाण्डौको तीनकुने आसपासका क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।

समितिका सभापति रामहरि खतिवडाले तीनकुनेमा गएको चैत्र १५ गतेको प्रदर्शनबाट भएको घटनाको भर्त्सना गर्ने निर्णय भएको बताउनुभयो । घटनाको आवश्यक छानबिन गरी दोषीमाथि कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

समितिले सुरक्षा निकायलाई साधन स्राेत सम्पन्न बनाउन आवश्यक बजेटका लागि व्यवस्था गर्न पनि निर्देशन दिएको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *