रवि लामिछानेलाई थुनामा पठाउने आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाकी नेता प्रतिभा रावलसहितले आज सर्वोच्चमा रिट निवेदन दिएका हुन् । सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई चैत २२ गते अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।

आदेश आएको केही घन्टामै लामिछाने पक्राउ परेका थिए । उनी जिल्ला कारागार रुपन्देहीको थुनामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *